नियम १०
परीक्षण समितिको काम, कर्तव्य र अधिकार
परीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सीपको दक्षता वर्गीकरण गर्न, प्रमाणिका बनाउन र परीक्षण तथा प्रमाणीकरण सम्बन्धी कार्य गर्न राष्ट्रियस्तरमा आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गरी सो योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने, गराउने ।
(ख) गार्हस्थ वा औद्योगिक क्षेत्रमा विभिन्न व्यवसाय, सेवा, पेशा वा सेवाको लागि चाहिने सीपको दक्षताको माग र खपतको सम्बन्धमा आवश्यक अनुसन्धान गर्ने, गराउने ।
(ग) सीपको दक्षताको स्तर वर्गीकरण गर्ने र वर्गीकृत सीप स्तर अनुरुप आवश्यक कार्य विश्लेषण (जव स्पेसिफिकेशन) सहित राष्ट्रिय सीप प्रमाणिकाको मस्यौंदा तर्जुमा गर्ने ।
(घ) वर्गीकृत स्तर अनुसार सीपको दक्षता भए नभएको परीक्षण गर्न परीक्षा सञ्चालन गर्ने र सफल परीक्षार्थीलाई प्रमाणपत्र दिने ।
(घ१) सीप परीक्षण सम्बन्धी शुल्क निर्धारण गर्ने,
(ङ) परिषद् समक्ष वार्षिक प्रतिवेदन पेश गर्ने ।